राजनीति

लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य छैन : शेखर कोइराला



काठमाडौँ, ८ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउदै उनले भनेका छन् , “लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,” “विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।”

सरकारले ल्याउन लागेको दुरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।