Banner News

चुनाव विथोल्न राजपाको आमहड्तालको घोषणाः सरकारसँग वार्ताको औचित्य सकिएको घोषण



काठमाडौं,२८ जेठ । स्थानीय तहको दोस्रो चरणको चुनावलाई विफल पार्न राष्ट्रिय जनता पार्टी राजपाले आन्दोलनको घोषणा गरेको छ । राजपा नेपालले सरकारले दलसम्बन्धि ऐन संसोधन गर्ने गर्ने निर्णय गरेको केहीबेरमा नै आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै चुनाव रोक्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले असार १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदै छ । त्यसअअघि असार २ गतेबाट चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम सुरु हुनेछ ।

दल दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकाका निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने, असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनगरि राजपाले सरकारसँग वार्ताको औचित्य सकिएको पनि घोषणा गरेको छ ।