काठमाडौँ, ९ चैत । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।
कैलालीको भजनी नगरपालिका–५ मिलनपुरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका–८ बस्ने २१ वर्षीय लक्ष्मण शाहीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से।२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाहीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुलसहित कास्की पोखरा महानगरपालिका–३१ बस्ने ३० वर्षीय विकास गुरुङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.७ ख २७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका(६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्