समाचार

पासाेमा परेर एक जनाकाे मृत्यु



सर्लाही, ९ चैत । जङ्गली जनावर मार्न थापेको विद्युतीय धरापमा परेर सर्लाहीमा एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करेन्ट लागेर बलरा नगरपालिका–५ गहुँबारीमा छिमेकीले वन्यजन्तु मार्न थापेको विद्युतीय करेन्ट लागेर ५० वर्षीय रामअक्षय महतो कोइरीको गए राति मृत्यु भएको हो । राति शौच गर्न गएका बेला महतोलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।