राजनीति

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि देउवा बालुवाटारमा



काठमाडौँ, ९ चैत । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् ।

छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ ।