समाचार

८ वटा गाडी ठोकिँदा ९ जना घाइते



काठमाडौँ, ९ चैत । काठमाडौँको धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि नाै जना घाइते भएका छन । एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुने एक जनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठ जनालाई उपचारका लागि हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने भ्यानका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।