राजनीति

प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच छलफल



काठमाडौँ, १३ चैत । सत्ता गठबन्धनमा रहेका तीन शीर्ष नेताहरुबीच वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भएको छलफलमा भोलि दिउँसो ४ बजे गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिलेसम्म मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा कुनै निर्णय नभएको बताइएको छ ।