काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादीले राम्रा र धेरै मन्त्रालय दाबी गर्ने भएको छ ।
आज बस्ने गठबन्धन बैठकमा राम्रा र धेरै मन्त्रालय दाबी गर्ने निर्णय गरेको सो पार्टीका नेताहरूले बताएका छन् । साथै सो पार्टीले सरकारमा सहभागी हुन कम्तिमा तीनवटा मन्त्रालयबाट पछि नहट्ने अडान राख्ने भएको छ ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा मापदण्ड बनाएर सोही मापदण्डका आधारमा मन्त्री छनोट गर्ने समाजवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्