राजनीति

मिटरब्याजी पीडितका माग पुरा गर्नैपर्छ: झलनाथ खनाल



काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन् ।

आज बानेश्वर पुगेर पीडितहरूलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ ।’ उनले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने भन्दै मिटरब्याजीहरुले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए ।

‘म प्रधानमन्त्री प्रचण्डलाई पनि मिडियामार्फत भन्छु कि पीडितहरूका माग अविलम्ब पुरा गरियोस्,’ खनालले माग गरे । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भेटेर पनि यो कुरा गर्ने भन्दै सरकारले पीडितहरूले माग सुन्नै पर्ने बताए ।