रौतहट, १५ चैत । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको हो । राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।
आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो गएराति नै निभाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्