राजनीति

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार



काठमाडौँ, १८ चैत । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ ।
काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ ।