विश्व

उत्तरपश्चिम पाकिस्तानमा पत्रकार मारिए



इस्लामावाद, २९ जेठ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वा आइतबार अज्ञात बन्दुकधारीको आक्रमणमा परी एक पत्रकार मारिएका छन् । स्थानीय प्रहरी स्रोत र सञ्चार समूहले सो जानकारी दिएको छ ।

‘द केटु टाइम्स्’ नामक समाचारपत्रका कार्यालय प्रमुख बकसिस अहमद उनकै गृह जिल्ला हरिपुरमा मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

यद्यपी इस्लामावादसँग आवद्ध खैबर टेलिभिजनको आफ्नै समाचारपत्रमा पनि यस हत्याको पुष्टि गरेको छ ।

राजधानी इस्लामावादबाट एक सय किलोमिटर उत्तरपश्चिममा पर्ने हरीपुरस्थित आफ्नो कार्यालयतर्फ गइरहेका ती पत्रकारलाई मोटरसाइकलमा आएका बन्दुकधारीले गोली प्रहार गरी हत्या गरेको अहमदको कार्यालयले जानकारी दिएको छ ।

यस आक्रमणपछि बन्दुकधारी भागेका र हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन् ।

पाकिस्तानमा गत १५ वर्षयता भएका विभिन्न आक्रमणमा कम्तीमा ११७ जना पत्रकार मारिएका छन् । यद्यपी जनताको अदालतमा तीन वटा मुद्दा मात्र उठाइएको बताइएको छ । सिन्ह्वा