राजनीति

शोषणको अन्त्य गरेर न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितको समस्यालाई समाधान गर्न भइरहेको कामबारे ब्रिफ्रिङ गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको समस्या जुनसुकै हालतमा अन्त्य गरी न्याय दिलाउने बताउदै उनले भने, “मिटरब्याजी समस्यालाई, शोषणको अत्यन्त भद्दा रुपलाई जसरी पनि अन्त्य गर्ने र पीडितलाई हरहालतमा त्यसबाट मुक्त गर्ने, न्याय दिने हाम्रो प्रतिबद्धता छ,” ।

बैठकमा उनले नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पहिलेको प्रतिवेदन थन्क्याएर धोका दिएको भन्दै आजको बैठकमा लगाएको आरोपको खण्डन पनि गरे । उनले पहिले आयोग नभएर कार्यदल बनेको बताए ।

“मिटरब्याजीलाई नै उल्लेख गरेर यो कसुर हो । यसलाई कारबाही गर्ने कानुनी आधारबाट कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेको थियो । त्यो सिफारिसलाई कार्यान्वयन गर्न सरकारले कानुनमा संशोधन गरेर संसद्मा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ,” श्रेष्ठले ब्रिफिङ गरे ।