Banner News

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल



 पाल्पा, २९ जेठ । पाल्पाको रामपुर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको छ ।

एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ ।

रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नगरका १० वटा वडामा दुवै पार्टीबीच पद बाँडफाँड गरिएको सहमतिमा उल्लेख छ ।