काठमाडौँ, २० चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालका लागि सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
आज बिहान नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा भेट गर्न गएको टोलीसँग परामर्श गर्दै उनले सल्लाह सुझाव लिएर अगाडि बढ्ने र आगामी दिनमा संवादलाई निरन्तरता दिने बताएका हुन् ।
भेटका लागि अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता गएका थिए ।










प्रतिक्रिया दिनुहोस्