शैक्षिक

दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न



धादिङः क्यान्सर काउन्सिल नेपाल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल मेडिकल कलेज जोरपाटीको संयुक्त आयोजनामा धादिङ्को खनियावास गाउँपालिका–३ मा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर परीक्षण गरेको छ ।
शनिबार र आइतबार भएको शिविरबाट करिब पाँच सय सर्वसाधरणले लाभ लिएका छन् । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाका अनुसार शिविरमा हार्डजोर्नी, स्त्री रोग, दाँतको परीक्षण, दम, पेट लगायतका विभिन्न किसिमका रोगको निःशुल्क परिक्षण तथाऔषधी वितरण गरिएको थियो ।

चिकित्सक डा.मनोज खड्काको नेतृत्वमा गएको टोलीमा काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु डा. बलराम विष्ट, डा.नरेश थापा, डा. भोला घिमिरे लगायत सहभागी थिए ।

शिविरमा दार्खा, झार्लाङ्, सत्यदेवी, गुम्दी लगायत स्थानका मानिसहरुले निःशुल्क सेवालिएका थिए । शिविरमा सहभागी सर्वसाधरणहरुले दुर्गम ठाउँमा शिविर सञ्चालन गरेर पुण्य कमाउने काम गरेको बताए ।

शिविरमा ६ जनाको पाठेघर सम्बन्धी समस्या र पाँच जनामा मुटुको समस्या पाईएको आयोजकले जनाएको छ ।