Banner News

प्रधानमन्त्रीले भने –सरकार चलाउन मोर्चा गर्नु परेको छ, त्यसैले अप्ठ्यारो छ



काठमाडौ २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेपनि संविधानलाई कमजोर बनाउने र त्यसलाई उल्टाउने विभिँन्त्र ठाउँहरुबाछ प्रयास भैराखेको वताएका छन ।
माओवादीनिकट सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताए।
उनले भने, ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’उनले सरकारले एक दुई दिनमा नै पूर्णता पाउने बताए।
‘सरकारले लगभग पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ होला।