मनोरञ्जन

आजबाट देशभरका हलमा ‘बहाव’



काठमाडौँ, २४ चैत । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ ।

प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो । सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् ।

चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजलाई देशभर गरेर १३ शोज दिएको छ ।