काठमाडौँ, २५ चैत । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकार समक्ष जग्गाको मूल्य बढाउन माग गरेको छ ।
महासंघले काठमाडौँमा आयोजित एक कार्यक्रम गर्दै जग्गाको मूल्य र कर्जा धितोको अनुपान बढाउन माग गरेको हो । व्यवसायीहरुले भूउपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने लगायतका माग समेत सरकार समक्ष राखेका छन् । सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरुमार्फत् मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गर्ने विषयमा गम्भीर बन्नुपर्ने व्यवसायीको माग छ ।
महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देश विषम आर्थिक अवस्थामा गुजिरहेको वर्तमान परिप्रेक्ष्यमा देशभर सक्रिय घरजग्गा व्यवसायीहरुले भोगिरहेको समस्या र यसको समाधानका लागि महासंघले विभिन्न ढंगबाट सरकार तथा सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गरिरहेको छ । हामीले लामो समयदेखि एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज्ड गर्नुपर्ने विषयलाई मुख्यरुपमा उठाउँदै आएका छौं । जग्गाको मूल्य र कर्जा धितोको अनुपात बढाउनुपर्ने विषयलाई बारम्बार उठाउँदै आएका छौं ।’










प्रतिक्रिया दिनुहोस्