काठमाडौँ, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए । ‘हामीले अडिओ सुन्यौं। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने काम गर्छ,’ उनले भने, ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ।’
09 April 2023 14:54 PM










प्रतिक्रिया दिनुहोस्