अर्थ

नेप्से २८.३१ अंकले घट्यो



काठमाडौँ, २६ चैत । आज सेयर बजार मापक नेप्से परिसूचक १.५२ प्रतिशतले घटेको छ । नेप्से २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा झरेको छ ।

यस दिन २६८ कम्पनीका ३८ लाख ३० हजार २७७ कित्ता सेयर एक अर्ब १५ करोड ४८ लाख ९८ हजार २११ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ३४८.७९ को विन्दुमा कायम भएको छ । १३ वटै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । जीवन बिमा समूहको समूहगत सूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ ।

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिभेन्चर २०८५ को सेयर मूल्य सर्वाधिक ७.७५ प्रतिशतले घटेर प्रतिकित्ता १,०१५.८० रुपैयाँ कायम भएको छ ।