Banner News

मधेसका नाममा राजनीति गर्नेका दिन गए, बीरगञ्जमा एमालेले जित्छ ?



संविधानको गत निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ मा तत्कालीन एनेकपा माओवादीका तर्फबाट निर्वाचन लडेर ४ हजार ४ सय २ मत प्राप्त गरेका बसरुद्धिन अन्सारी नेकपा एमाले मा प्रवेश गरेका छन् । राजनीतिक कार्यकर्ताका साथै व्यवसायी र सामाजिक अभियन्ताको छवि बनाएका उनी बीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । तुलानात्मक रुपमा एमाले कमजोर ठानिएको वीरगन्जमा अन्सारीको प्रवेशले तरंग सिर्जना गरेको छ । विपक्षीसँग सामना गर्नका लागि बलियो उम्मेदवारका रुपमा एमालेले मेयरमा अन्सारीलाई अघि सार्ने योजना रहेको बताइन्छ ।

० चुनावको मुखमा किन एमालेमा प्रवेश गर्नुभयो ?

–चुनाव आउन बाँकी नै छ । अब चुनावमा लड्ने हो र विकासका लागि जित्ने हो । नजितेर यो बीरगन्ज महानगरपालिकामा केही गर्न सकिँदैन । म लामो समयदेखि स्वतन्त्र रुपमा थिएँ । यसबीचमा निकै सोच विचार गरेँ, यो महानगगरका वडा–वडामा गएर जनतासँग भेटघाट गरेँ, आफन्त र दाजुभाइहरुको राय–सल्लाह लिएँ । सबैले मलाई स्वतन्त्र रुपमा चुनाव नलड्न सल्लाह दिनुभयो । स्वतन्त्र लडे चुनाव जित्न गाह्रो छ । सबै मान्छे कुनै न कुनै दलमा आबद्ध भइसकेका छन्, त्यसैले कुनै पार्टीबाट लड्नूस् भन्ने सल्लाह पाएँ । यसबीचमा एमालेबाट प्रस्ताव आयो । मेरो आफ्ना पनि केही माग थिए, ती पूरा हुने भएपछि एमालेमा आएँ ।

० त्यसो भए टिकटका लागि एमालेमा प्रवेश गर्नुभएको रहेछ, होइन ?

– मैले यो सबै जित्नका लागि गरेको हुँ, यो महानगरको विकासका लागि गरेको हुँ । टिकटकै लागि भन्ने हो भने त धेरै पार्टीबाट प्रस्ताव आएका थिए । टिकट लिएर मात्र के गर्ने रु जित्नु पनि प¥यो । विकासका लागि जित्नु पर्ने, जित्नका लागि एमालेबाटै लड्नुपर्ने भएपछि के गर्ने रु मेरो एउटै मात्र मिसन हो– विकास, विकास अनि विकास । नेपालबाहेक संसारमा स्थानीय निर्वाचन कहीँ पनि पार्टीगत हुँदैन । स्थानीय निर्वाचनमा पार्टी सर्वोपरी हुँदैन, व्यक्ति हेरिन्छ । यहाँका जनताको माया र स्नेह ममाथि नै छ ।

० माओवादी चाहिँ किन छाड्नुभयो नि ?

–पार्टी आफैँमा कुनै पनि खराब हुँदैनन् । केही असामान्य व्यक्तिहरुले गर्दा पार्टी चलाउन गाह्रो हुन्छ । अरु त सबै ठीकै छन्, तर माओवादीभित्रको एउटा समूहले मलाई धोका दिएर संविधानसभा चुनावमा हरायो । त्यसपछि मलाई त्यो पार्टीप्रति नै बिरक्त लाग्यो । त्यसपछि बाबुराम समूह बाहिरियो । त्यो पार्टीमा बसिरहेर महानगरको विकासको मेरो सपना पूरा गर्न नसकिने देखेपछि त्यहाँ बस्न उचित लागेन ।

उपेन्द्रजीको पार्टीको नाम मधेशी जनअधिकार फोरम थियो, अहिले त्यहाँ मधेसी शब्द छैन । तराई–मधेश जोडिएका अरु पार्टी पनि थिए, ती अहिले राजपामा समाहित भएका छन् । माया हुनेले नाम मेटाउँदैन । यो असलियत यहाँका जनताले बुझेका छन् ।

० वीरगञ्जमा एमालेको अवस्था कस्तो छ ?

–धेरै राम्रो छ । वीरगन्जमा प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुन्छ । एमालेको संगठन ज्यादै राम्रो छ । जित्नका लागि उम्मेदवारको भूमिकाले पनि खास अर्थ राख्छ । एमालेले चुनाव जित्छ ।

० मधेशकेन्द्रित दलहरुले तराई–मधेशबाट एमालेलाई बढार्ने भनिररहेका बेला तपाई भने एमालेमै आएर चुनाव लड्न तयारीमा हुनुहुन्छ नि ?

–के यो फोहोरमैला हो र बढार्नलाई रु उनीहरु प्रधानमन्त्री चुनावमा भोट हाल्न दौडेर जान्छन् तर स्थानीय चुनावको भने विरोध गर्छन् । यसले पनि जनता उनीहरुको गतिविधिप्रति खुसी छैनन् । अर्को कुरा, उनीहरु तराई–मधेशलाई माया गर्ने हामी मात्र हौँ भन्छन् । तर, आफ्नो पार्टीको नामबाट तराई–मधेश शब्द नै निकालिसके । उपेन्द्रजीको पार्टीको नाम मधेशी जनअधिकार फोरम थियो, अहिले त्यहाँ मधेसी शब्द छैन । तराई–मधेश जोडिएका अरु पार्टी पनि थिए, ती अहिले राजपामा समाहित भएका छन् । माया हुनेले नाम मेटाउँदैन । यो असलियत यहाँका जनताले बुझेका छन् ।

आफूलाई मधेसी दावी गर्ने पार्टीहरुले अहिले आफ्नो नामबाट धमाधम मधेसी शब्द हटाइरहेका छन् । यसबाट के देखिन्छ भने उनीहरुले गलत मुद्दामा राजनीति गरिरहेका थिए, एमाले सही छ ।

० वीरगन्जमा एमालेले जित्ने आधारहरु के– के छन् ?

–पहिलो कुरा त एमालेको संगठन नै एकदमै बलियो छ । अर्को कुरा, एमालेका कार्यकर्ता ज्यादै उत्साही पनि छन् । त्यसमाथि पनि बलियो उमेदवार आएपछि जित्ने आधार झन् बलियो हुने नै भयो । त्यसबाहेक एमाले सरकारले ल्याएको बजेटको पनि राम्रो प्रभाव छ । अहिले देखिएको लहरले आगामी सरकार एमालेको नै हुनेमा शंका छैन । वीरगञ्जमा पनि एमालेकै मेयर भयो भने यहाँको समृद्धिका चारै ढोका खुल्छन् भन्ने कुरा यहाँका जनताले बुझेका छन् ।

० तपाईंले जित्नैपर्ने कारण चाहिँ के हो ?

–आजको दिनमा वीरगञ्ज महानगरपालिकाका जनता जनार्दनले बसरुद्धिनलाई जति माया कसैलाइ दिएका छैनन् । म यसका लागि यहाँका जनताप्रति अभारी छु । त्यसको ऋण मैले तिर्नुपर्ने छ । उहाँहरुको आशालाइ मैले मर्न दिनु हुँदैन । वीरगञ्ज नगरीलाइ नगरी जस्तो बनाएर यहाँ बसोबास गर्ने जनतालाई म पनि महानगरमा बसेको छु भन्ने अनुभूति गराउने पहिले व्यक्ति पनि म नै हुँ । विकास भनेको के हो भन्ने कुरा म सबैलाई अनुभूत गराएरै छाड्छु । सबैका लागि मसँग बिकासका अलग–अलग प्याकेज छन् । बृद्धाहरुका लागि बृद्धाश्रम चाहियो, युवाहरुका लागि पार्क, बच्चाहरका लागि खेल्ने मैदान चाहियो । यहाँ न हेल्थ क्लब छ, न पार्क छन् ।

० मेयर जितेमा सबभन्दा पहिला के काम गर्नुहुन्छ ?

– पहिलो, आपतकालीन सेवा हो । यस अन्र्तगत फोहोर र सडक व्यवस्थापन पर्छन् । यो महानगरलाइ स्मार्ट सिटी बनाउनु छ । गुणस्तरीय स्वास्थ्य र शिक्षाका केन्द्र बनाउनु छ । असाहय र गरिबलाई खाने–बस्ने व्यवस्था गर्नु पर्नेछ, बेरोगार समस्या अन्त्यका लागि रोजगारीको सिर्जना गर्नुपर्ने छ । सायद यी सबै काम मेरै लागि छाडिएर राखिएको छ । बसरुद्धिन आउँछ र यी सबै काम गर्छ भन्ने अपेक्षा जनतामा पनि छ । एक वर्षभित्र यी सबै काम गरेर मैले देखाउनु छ ।
पहिलो न्यूजबाट