काठमाडौ २७ चैत्र । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताउनुभएको छ ।सोमबार संसदमा बोल्नुहुँदै गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभयो गिरीले भन्नुभयो,‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर,उपलब्धी केहि हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन ।
युवाहरू गह भरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताउनुभयो । गिरीले भन्नुभयो,‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त् ज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?
गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्