राजनीति

दोस्रो चरणको निर्वाचनको विपक्षमा कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतवानी



काठमाडौं, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नका लागि चेतावनी दिएका छन् ।

यादवले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, अब निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीयतहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैलेपनि कुरा गर्न नहुने बताए ।

यादवले भने,‘मुलुक निर्वाचनमा गइसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ ।’

यादवले चुनावको मुखामा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने,‘आयोग चुनावमा होमिसकेको छ ।’

यादवले सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भइसकेको जानकारी गराए ।

उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् ।’

यादवले अब स्थानीयतहको संख्या थप भएमा निर्वाचन गर्न नसकिने दाबी गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, स्थानीयतहको संख्या थप्ने भन्ने कुरा कहाँबाट सम्भव छ, यो असंम्भव कुरा हो, अब मतखसाल्नमात्र बाँकी छ ।’

उनले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने जिकिर गरे । उनले आयोगका सबै कर्मचारी मुख्यनिर्वाचनअधिकृतदेखि अन्यकर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमापुगिसकेको समेत जनाए ।

उनले सुरक्षाको प्रत्याभुती गराउन आयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै भने,‘सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागिहामीले सरकारलाई भनिसकेका छौं।’

उनले चुनावको मतपरिणाम नआउञ्जेलसम्म हरेक दिननयाँ–नयाँ चूनौतिहरु आइरहने भएकाले सबै चुनौतिहरु सामानागर्न आयोग तयार रहेको स्पष्ट पारे ।

निर्वाचन बहिष्कार गर्ने दलहरुलाई जनताको मतहाल्ने अधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने,‘सबै राजनीति दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, आफ्नो मतहाल्ने मतदाताहरुको अधिकारलाई कुण्ठित गर्ने काम कसैले पनि गर्नुुहुँदैन् ।’