राजनीति

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन पेश गरिएको छ । बिहीबार राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक टंकमणी शर्मा दंगालले ६०औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखा परीक्षकको प्रतिवेदन पेस गरिएको हो ।