पोखरा, १ बैशाख । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार वैशाख ९ गते अधिवेशन आह्वान गरेका हुन् ।
माओवादीले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो ।
‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेश सभा भवन, नदीपुर मा २०८० वैशाख ९ गते शनिबार दिउँसो ३ बजे आरम्भ हुने जानकारी गराउँछु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।










प्रतिक्रिया दिनुहोस्