मनोरञ्जन

‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक



काठमाडौँ, १ बैशाख । २१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको युवा ज्याकीको कथा देखाउन खोजिएको छ ।

नेपालकै पहिलो डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’ रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्ममा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी छ ।