समाचार

आगाेमा जलेर एक जनाकाे मृत्यु



दाङ, २ बैशाख । दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगाेले जलेर मृत्यु भएको हो ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

आगोमा जलेर गम्भीर घाइते भएका बलिराजकाे उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएकाे हाे ।