विश्व

भारतमा पछिल्लो २४ घन्टामा १० हजार जना कोरोना संक्रमित



भारत, २ बैशाख । भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् ।

शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् ।

बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।