सम्पादकीय

चट्याङबाट हुने क्षति न्यूनीकरण गर्दै सरकार, यी स्थानमा राखियो चट्याङ स्टेशन



काठमाडौं, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्रै सञ्चालनमा ल्याउने भएको छ ।

उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए । उनले भने, ‘१५ देखि २० मिनेटमा हामीले जानकारी पाउँछौं । सर्वसाधारणको मोबाइलमा ५ देखि १० मिनेट अगाडि नै सूचना दिन सकिन्छ ।’

पूर्वसूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व बैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा काम थालिएको छ ।

विभागका क्षेत्रीय र स्थानीय मौसम स्टेशनमा चट्याङका स्टेसनहरु राखिएको छ । तुम्लिङटार, विराटनगर, सिमरा, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा स्टेशन राखिएको छ । नयाँ पत्रिकामा समाचार छ ।