सम्पादकीय

तीन अर्ब ६७ करोड लागतमा धरहरा निर्माण हुने



काठमाडौं, ३१ जेठ । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ ।

पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ ।

करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।