Banner News

राष्ट्रपति भण्डारी अबुधाबी मा



अबुधाबी, ३१ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन जाने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको अबुधाबी आइपुग्नुभयो ।

उहाँलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गर्नुभयो ।
यसैगरी, उहाँको स्वागतार्थ विमानस्थलमा नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
उहाँ बुधबार बिहान अबुधाबीबाट जेनेभातर्फ प्रस्थान गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृतहरु हुनुहुन्छ ।