मनोरञ्जन

‘सकम्बरी’ ५ दिनेदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा



काठमाडौँ, ६ बैशाख । गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ५ दिनदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ओगट्न सफल भएको छ ।

गीतले अहिलेसम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

भिडियोमा सपूतको अलावा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।