झापा, ६ बैशाख । जिल्लाको कमल गाउँपालिका–६, लखनपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार आज बिहान कमल गाउँपालिका–७ बस्ने ७५ वर्षीया मनमाया तामाङको मृत्यु भएको हो ।
को ३८ प ३६८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा लखनपुर स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्