Banner News

कसको ईशारामा किन निर्वाचन सार्ने वहाना खोज्दै छन प्रधानमन्त्री देउवा ?



काठमाडौ,३१ जेठ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस फेरि स्थानीय चुनाव सार्ने बाहनामा खोजिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनाव सार्ने पक्षमा देखिएपछि निर्वाचन थप अन्योल पर्ने सम्भावना बढेर गएको छ ।

उम्मेदवार मनोनय गर्न दुई दिन पनि बाँकी नरहेका बेला देउवा भने राजपाको माग पूरा गर्ने भन्दै चुनाव सार्ने तयारीमा जुटेका छन् । उनले त्यो संकेत मंगलबार प्रमुख नेकपा ९एमाले० र माओवादीसँगको छलफलमा पनि गरेका छन् ।

देउवाले छलफलका क्रममा राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका थिए । यद्यपि एमालेले भने प्रधानमन्त्री देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए ।

एमाले अहिले पनि असार १४ मै जसरी पनि निर्वाचन गर्नुपर्ने पक्षमा छ । तर, सरकार भने विभिन्न बाहनामा निर्वाचन फेरि सार्ने तयारीमा जुटेको हो ।सरकारले आज ४ बजे राजपासँग संयुक्त बैठक बोलाएको छ बुझिएको छ ।