अर्थ

ब्याजदर बढ्दा ऋणीहरूमा तिर्नसक्ने क्षमता भएन: अर्थमन्त्री महत



काठमाडौँ, ९ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढेका कारणले ऋण तिर्न सक्ने क्षमता नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित ‘बाह्रखरी आर्थिक परिसंवाद’मा बोल्दै उहाँले पछिल्लो समय बैंकहरुको ब्याजदर उच्च भएकाले ऋणीहरुमा तिर्नसक्ने क्षमता कम भएको बताउनुभयो । यसलाई कसरी कम गर्न सकिन्छ भनेर नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उल्लेख गर्दै उहाँले साधान, स्रोतका आधारमा बजेट बनाइने भएकाले त्यहीअनुसार बजेट आउने विश्वास दिलाउनुभयो । मन्त्रालयसँग अपेक्षा धेरै देखिएको भए पनि उनले अहिले राजश्वसमेत कम उठेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैंकको ब्या उच्च हुँदा ऋणिमा तिर्नसक्ने क्षमता कम हुँदा अहिले अर्थतन्त्रमा प्रभाव परेको छ । हामीले यसलाई कसरी कम गर्न सकिन्छ भनेर राष्ट्र बैंकसँग छलफल पनि गरिरहेका छौँ । अर्थतन्त्र चल्नु भनेको वित्त नीति र मौद्रिक नीतिले आगामी दिनमा यी नीतिहरुलाई कसिलो बनाउन नहुने देखियो । अर्थ मन्त्रालयसँग अपेक्षा धेरै छन् । तर, म एक्लैले केही गर्न सक्दिनँ । सबैले सहयोग गर्नु पर्छ । अहिले राजस्व पनि थोरै उठेको छ ।”