शैक्षिक

सबै पदमा महिला उम्मेदवार उठाउने निर्णय



कैलाली, ३१ जेठ । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल कैलालीले टीकापुर नगरपालिका–७ मा सवै पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सात नं। वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको सात नं। प्रदेशकी संयोजक लीला भण्डारीले जानकारी दिइन ।

संयोजक भण्डारीले महिला नेत्री प्रमुख बन्न सक्षम भए पनि पहिलो चरणको निर्वाचनमा महिला उपप्रमुखमै सीमित बनाइएकाले पुरुषवादी सोच र चिन्तन तोड्नका लागि उक्त वडामा महिलाहरुको मात्र उम्मेदवार घोषणा गरेको बताए।

उक्त वडामा अध्यक्षमा कमला शाहको उम्मेदवारी घोषणा भएको छ भने सदस्यहरुमा कविता विक।, बुना चौधरी, सविता चौधरी र सुस्मिता चौधरीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल कैलालीले जनाएको छ