Banner News

गठबन्धनले मुलुकलाई धरासायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ: ईश्वर पोखरेल



काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मनमोहन अधिकारीको २४औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए । “राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो एमाले हो । अर्को भनेको एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धरासायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ,” ।