शैक्षिक

विद्यालयभित्रै बालिकालाई कुटपिट गरेको आरोपमा १३ जना पक्राउ



मोरङ, १३ बैशाख । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ मा एक बालिकालाई कुटपिट गरेको आरोपमा १३ बालिका पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई विद्यालयभित्र नै कुटपिट गर्ने १३ बालिकालाई पक्राउ गरेको हो ।

बैशाख ६ गते उनीहरूले संगठित रुपमा बालिकालाई कुटपिट गरेको र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पक्राउ परेका बालिकाहरूलाई सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।