राजनीति

सचिवलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने



जनकपुरधाम, १३ बैशाख । निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।

भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षामै थुनेका हुन् । उनीहरुले मन्त्रालयको परिसरमा फोहोर थुपारेर प्रदर्शनसमेत गरेका हुन् । विभिन्न योजनाहरुको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ ।

पटक पटक भुक्तानीको लागि हारगुहार गर्दा समेत कुनै वास्ता नगरेपछि बाध्य भएर यस्तो कदम उठाउनु परेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए । भुक्तानी नदिदा बैंकको ब्याज तिर्नसमेत समस्या समस्या भइरहेको उनको गुनासो छ । विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी उनीहरुले बताएका छन् ।गत आर्थिक वर्षमा विभिन्न मन्त्रादयको योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ ।