गुल्मी, १५ बैशाख । गुल्मीमा लुकिछिपी वनमा आगो लगाउने एक जनालाई डिभिजन वन कार्यालय गुल्मीले पक्राउ गरेको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने इस्माकै कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत जीवन पङ्गेनीले बताउनु भएको छ ।
बस्नेतले गएको १० गते जडीबुटी उद्यानमा आगो लगाएको भन्ने प्रमाणका आधारमा डिभिजन वन कार्यालय गुल्मीका वन कर्मचारीले बस्नेतलाई पक्राउ गरी वन अपराध मुद्दामा जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ। आगलागीमा संलग्न बस्नेतलाई अनुसन्धानका लागि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।










प्रतिक्रिया दिनुहोस्