मनोरञ्जन

जे हुनु छ, त्यो त भएरै छाड्छ : सलमान खान



एजेन्सी, १७ बैशाख । सलमान खानले हत्याको धम्कीबारे कुरा गर्दै जे हुनु छ त्यो भएरै छोड्ने बताएका छन् । खानले एक निजी च्यानलसँगको कुराकानीमा हत्याको धम्कीपछि आफ्नो सुरक्षा व्यवस्थालाई साँच्चै नै कडा बनाइएको स्वीकार गरेका छन् ।

प्रहरीले दिएको सबै निर्देशनको पालना गर्ने कोसिसमा आफू सधैँ रहने पनि उनले बताएका छन् । के ‘जङ्गलको सिंह’ अब ‘पिँजडा’ मा कैद भएका हुन् त भनेर प्रश्न सोधिएको थियो । यसको जवाफमा सलमान खानले हाँस्दै भने, ‘हो सर, अब बाटोमा साइकल चलाउन, एक्लै कतै पनि जान पाइँदैन ।’

उनले भने, ‘तर त्योभन्दा बढी के भइरहेको छ भने तपाईं ट्राफिकमा हुँदा यति धेरै सुरक्षा, गाडी… यसले मानिसलाई समस्यामा पारिरहेको हुन्छ, जुन उनीहरूको अनुहारमा झल्किन्छ । बिचरा प्रशंसक…’