विश्व

राष्ट्रसङ्घीय महासचिव अफगानिस्तानमा



काबुल, १ आषड । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनीओ गुटेरेस अफगानिस्तानको राजधानी काबुल आइपुग्नु भएको समाचार छ ।

आकस्मिक भ्रमणका क्रममा उहाँ बुधबार बिहान काबुल आइपुग्नुभएको राष्ट्रसङ्घका अफगानिस्तानमा रहेको राष्ट्रसंघीय कार्यालयले जानकारी दिएको छ ।

“राष्ट्रसङ्घीय महासचिव एन्टोनीओ गुटेरेस आज काबुल आइपुग्नुभएको छ, उहाँलाई अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेषदूत तादामिची यामामोतोले स्वागत गर्नुु भयो,” अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनद्धारा बुधबार बिहान जारी विज्ञप्तीमा जनाइएको छ ।

महासचिवको यस भ्रमणले अफगान जनताप्रति राष्ट्रसङ्घको सहानुभूती झल्काउनेर अफगानिस्तानले केही वर्षयतादेखि भोगीरहेको गृहयुद्धको चुनौतीको सामना गर्न सहयोग पुग्ने राष्ट्रसङ्घको तर्फबाट जारी सो विज्ञप्तिमा जनाइएको छ ।

यामामोतोले भन्नुभएको छ– या भ्रमणले अफगानिस्तानप्रति राष्ट्रसंघको प्रतिबद्धतालाई पनि झल्काउने बताउनु भयो ।

राष्ट्रसङ्घले अफगानिस्तानलाई शान्ति प्रक्रियाका लागि सघाउने, पछाडि परेका समुदायलाई प्रबद्र्धन गर्ने र सहयोगको पर्खाइमा रहेकाहरुलाई भविश्यमा पनि सघाउने कार्यका लागि भ्रमण उपयोगी हुने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ । सिन्ह्वा