Banner News

कक्षा ११ को परीक्षाआज बाट सुरु



काठमाडौं १ आषड । स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सर्दै आएको कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु भएको छ ।
जेठ ३१ मा दोस्रो चरणको निर्वाच्न मिति जेठ ३१ मा तय गरिएपछि एक सातापछि सारिएको परीक्षा निर्वाचन मिति सारिएपछि पुनः असार १ गतेदेखि नै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षामा सम्बन्धन प्राप्त ३ हजार ७ सय ६५ विद्यालयका कुल ४ लाख ४९ हजार ५४ परीक्षार्थीका सहभागी हुने बोर्डले जनाएको छ । परीक्षाका लागि ९ सय ९३ केन्द्र तोकिएको छ । सबै भन्दा बढी परीक्षार्थी काठमाडौंमा ६४ हजार ५ सय ६४ र सबै भन्दा कम मुस्ताङ्मा ९३ जना रहेको राष्ट्रिय परिक्षा बोर्डका परीक्षा नियन्त्रक डम्वरकुमार बतासले जानकारी दिए ।

तराईका जिल्लाहरुमा बन्द हड्ताल भएका कारण बन्दकै बेला पनि परीक्षा सञ्चालन गर्न दिन बोर्डले आग्रह गरेको छ । बन्द–हडतालका कारण परीक्षा हुन नसक्ने अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने परीक्षा नियन्त्रक बतासले बताए ।

विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको बोर्डले दाबी गरेको छ । अमर्यादित गतिविधि गर्नेलाई ६ महिना जेल र १ लाख रुपैंया सम्मको जरिवानाको ब्यवस्था छ ।
तराइका जिल्लाहरुमा पनि परीक्षा निर्वाध रुपमा सञ्चालन भइरहेको छ ।