समाचार

पूर्वराष्ट्रपति भण्डारीको क्रिकेट टिमलाई बधाई



काठमाडौ १९ वैशाख । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँले विजेता नेपाली टिमका खेलाडीहरूलाई शुभकामना दिनुहुँदै आजको यो जितले नेपाल र नेपालीको शिर उँचो बनाएको र क्रिकेट खेल प्रेमीहरूलाई खुसी तुल्याएको जनाउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी दिनमा पनि सफलता हात पार्दै अघि बढ्न सकोस् भनी कामना गर्नुभएको पनि उहाँको सचिवालयले जनाएको छ । आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । आज सम्पन्न फाइनलमा युनाइेटड अरब इमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेको थियो ।