राजनीति

काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि आवेदन आह्वान



काठमाडौँ, २० बैशाख । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।