मनोरञ्जन

इराकमा नेपाली फिल्म ‘छक्कापञ्जा ४’ देखाइने



काठमाडौँ, २० बैशाख । इराकमा पहिलोपटक नेपाली फिल्मको प्रदर्शन हुने भएको छ ।

मध्यपूर्वमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले आगामी मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ लाई प्रदर्शन गर्न लागेका हुन् ।

उक्त सहरको सिटी सिनेमा हललाई बुक गरेर फिल्म देखाउन लागिएको हो । दिनको दुई शोमा फिल्म देखाएर प्रदर्शनको थालनी गर्न लागिएको हो ।

‘छक्कापञ्जा ४’ पछि ‘जारी’लाई पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । छक्कापञ्जा ४ मध्यपूर्वका कतार, यूएई, बहराइन र ओमानमा रिलिज भएको थियो ।