Banner News

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : अध्यक्ष नेपाल



काठमाडौँ, २१ वैशाख । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

आज कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका सुनाए । उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन ।’

अध्यक्ष नेपालले पुराना दल सच्चिनुपर्ने बताएका छन् । “पुराना दल सक्किन हुँदैन । सच्चिनुपर्दछ । नयाँ दलले पनि घमण्डले फुरङ्ङ हुने होइन,” उनले भने, “आफ्नो समष्टिगत दृष्टिकोण विकास गर्नुपर्छ । र, कसरी देश निर्माण गर्ने, विकृतिको जालोमा आफू नफस्ने ।”