राजनीति

नक्कली शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय : महामन्त्री थापा



काठमाडौँ, २१ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको बताएका छन् ।

उनले लेखेका छन्, “नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन ।”