काठमाडौँ, २३ बैशाख । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा नेपालबाट ६ करोड ८० लाख ५६ हजार रुपैयाँ बराबरको भ्याक्सिन निर्यात भएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो । यस अवधिमा १ लाख ६० हजार २०० वटा भ्याक्सिन निर्यात भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा नेपालबाट १ लाख ३० हजार रुपैयाँ बराबरको २०० वटा भेटेनरी भ्याक्सिन निर्यात भएको छ ।
नेपालबाट अल्जेरिया र अंगोलामा मानवीय र भेटेनरी भ्याक्सिन निर्यात हुँदै आएको छ । अल्जेरियामा ६ करोड ७९ लाख रुपैयाँको मानवीय भ्याक्सिन निर्यात हुँदा अंगोलामा १ लाख ४ हजार रुपैयाँको मानवीय भ्याक्सिन निर्यात भएको छ ।










प्रतिक्रिया दिनुहोस्